अस्पतालकाे गेटमा बच्चा जन्माउने बबितालाई छठियारकाे सामग्री बितरण गरे महिलानेतृ सुनिता शाह
मिति: २०२६-०९-११ , समय : २१:५२:१३ , गामघर डेस्क
मिति: २०२६-०९-११ , समय : २१:५२:१३ , गामघर डेस्क
तस्बिर : सुनिता शाहकाे सहयोगमा
गामघर डेस्क
राजविराज ।
सप्तरीको सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालको प्रवेशद्वार नजिकै बच्चा जन्माएकी सुत्केरी महिलालाई एक समाजसेवी महिलाले राहत सामग्री प्रदान गरेकी छिन ।
राष्ट्रिय समता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेकी सप्तरीको राजविराज नगरपालिका वडा न. ७ निवासी समाजसेवी सुनिता साह (क्रान्ति) ले शुक्रवार अस्पताल मै पुगेर राजविराज नगरपालिका वडा न.१४ कि बबिता पासवानलाई राहत सामग्री प्रदान गरेकी हुन । 
विपन्न परिवारकी बविता रकम अभाव कै कारण तीन दिन अघि गजेन्द्रनारायण सिह अस्पतालमा सुरक्षित प्रसुति सेवा पाउन नसकी पैसाको जोहो गर्न निस्केका बेला अस्पतालको प्रवेशद्वार नजिकै प्रसव पिडाले च्यापेपछी सडक पेटी मै बच्चा जन्माएकी थिइन । हाल उनी सोही अस्पतालमा उपचार गराइरहेकी छिन । 
समाजसेवी साहले बविताको पीडामा मलहम लगाउने प्रयास स्वरुप सानो सहयोग स्वरुप बच्चा र आमा दुबैका लागी लत्ता कपडा, झुल, सेनटरीप्याड, साबुन पाउडर, पौष्टीक आहारा तथा करिब एक महिना सम्म पुग्ने खाद्यन्न लगायतका समाग्री बवितालाई प्रदान गरिन् ।
प्रकाशित मिति: २०२६-०९-११ , समय : २१:५२:१३ , 2 hours अगाडि