मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो : सरकारमा सहभागी चार जना मन्त्रीले दिए राजीनामा

मिति: २०२६-१०-१६ , समय : १८:५६:१२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएकाे छ ।

सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिएसँगै एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएकाे हाे ।

एमाले संसदीय दलको निर्देशनअनुसार श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज राजीनामा दिनुभएको छ ।

चारै जना मन्त्रीहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामा पत्र बुझाउनुभएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिनुभयो ।

मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेकपाको गठबन्धन सरकार छ ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनको क्रममा भएको सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको छ ।

प्रकाशित मिति: २०२६-१०-१६ , समय : १८:५६:१२ , 1 hour अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित