मुस्लिम युवा समूहद्वारा सिटी रिक्सा चालक यादवमाथि सांघातिक आक्रमण

मिति: २०२६-११-२८ , समय : ०७:३९:५५ , गामघर डेस्क

तस्बिर : नवीन कुमार यादवकाे सहयोगमा

गामघर डेस्क

सप्तरी । सप्तरीको राजविराज नगरपालिका वडा न.९ निवासी सिटी रिक्सा चालक रमेश यादवमाथि मुस्लिम समुदायका केही युवाहरूको समूहले सांघातिक आक्रमण गरेको पीडितले बताएका छन्। आक्रमणबाट घाइते भएका यादवको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ।

पीडित यादवका अनुसार, उनी दैनिक यात्रुहरूलाई गन्तव्यमा पुर्‍याएर राजविराजबाट जलहरी–मलेठतर्फ जाने क्रममा साँझ करिब ७ :३० बजे खानेपानी रोडबाट केही युवाहरू उनको सिटी रिक्सामा चढेका थिए।

उक्त समूहलाई लिएर परसाही विष्णुपुर नगरपालिका वडा न.१ स्थित वडा कार्यालय नजिकैको थलही टोल पुगेपछि युवाहरूले रिक्सा रोक्न लगाएका थिए। आफूहरू ओर्लिने बताएपछि चालक यादवले भाडा माग्दा विवाद सुरु भएको पीडितले बताएका छन्।

भाडा मागेको विषयमा युवाहरूले ‘हामीसँग भाडा माग्ने? हामीलाई चिनेका छैनौ? हामी को हौँ?’ भन्दै आफूलाई कुटपिट गरेको यादवको भनाइ छ। त्यसपछि उनीहरूले आफूलाई नजिकै रहेको खाल्डोमा फालेर फरार माेबाल पर्स , मजदुरी गरिएको रकम समेत खाेसेकाे उनले बताएका छन्।

कुटपिटपछि घाइते अवस्थामा रहेका यादवले घरमा फोन गरेर भन्ने (हमरा माइर देलक थान लगै) आफूलाई कुटपिट गरिएको जानकारी दिएका थिए। त्यसपछि उनीसँग सम्पर्क विच्छेद भएको थियो। स्थानीयवासीले खोजी गर्ने क्रममा उनलाई फेला पारेपछि उद्धार गरी उपचारका लागि छिन्नमस्ता अस्पताल पुर्‍याएका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार घटनास्थलमा प्रहरी टोली खटाइएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

सार्वजनिक यातायात सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका चालकलाई भाडा मागेकै विषयमा कुटपिट गरिएको पीडितको भनाइले सार्वजनिक यातायातका श्रमिकको सुरक्षा र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: २०२६-११-२८ , समय : ०७:३९:५५ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित