स्रोत नखुलेको २० लाख रूपैयाँसहित एक हुण्डी कारोवारीलाई प्रहरीले पक्राउ गरे

मिति: २०२३-०५-२३ , समय : ०८:५१:५९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
स्रोत नखुलेको २० लाख रूपैयाँसहित जनकपुरधामबाट एक हुण्डी कारोवारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सितामढी ग्राम पञ्चायत मनपुर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–६ मा डेरा लिएर बस्दै आएका २५ वर्षीय रन्धिर ठाकुर रहेका छन् ।
ठाकुरलाई विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र जानकी प्रहरी चौकीबाट खटेको संयुक्त प्रहरी टोलीले सोमबार बिहान ९ बजे जनकपुरधाम–६ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

यता ठाकुरलाई चेकजाँच गर्दा उनले बोकेको हरियो झोलाबाट स्रोत नखुलेको नेपाली २० लाख रूपैयाँ फेला परेको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।

प्रकाशित मिति: २०२३-०५-२३ , समय : ०८:५१:५९ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित