पकरीमा स्वास्थ्य चाेकि भवन निर्माण भएपछि स्थानीयहरु खुशि
मिति: २०२३-०२-२७ , समय : १५:१८:०० , गामघर डेस्क
मिति: २०२३-०२-२७ , समय : १५:१८:०० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका वडा न. १ स्थित स्वास्थ्य चौकी पकरीको भवन निर्माण सम्पन्न भएको छ । लामो समय पछी स्वास्थ्य चौकी आफनै जग्गामा ३ कोठे र एउटा शौचालय सहित आ.व. ०७९÷८० मा वडाबाट विनियोजन वजेट ९ लाखको लागतमा सो निर्माण भएको हो ।
महादेवा गापा वडा १ स्थित चन्द्र नहरको छेउमा निर्माण भएको उक्त भवन ९ लाखमा प्लाष्टर,झयाल,ढोका,रंग रोगन,ढोकार झयालमा ग्रिल,विधुतिकरण तथा प्राङ्गणमा माटो पुर्ने काम भएको महादेवा गापाका ईन्जिनियर धीरेनद्र यादवले सञ्चारकर्मीलाइृ बताउनु भयो । स्वास्थ्य चौकीको आफनै भवन निर्माण भएपछि स्थानियवासीलाई सेवा गर्न सहज हुने वडाध्यक्ष जयश्वर किशोर दासले बताउनु भयो । स्वास्थ्य चौकीको आफनै जग्गामा भवन नहुदाँ पकरी स्थित चन्द्र नहरको घरबाट सेवा प्रवाह गर्दै आएको थियो । स्वास्थ्य चौकीको आफनो भवन नहुदा विगत दशकौ देखी चन्द्र नहरको घरबाट सेवा प्रवाह गर्नु परेको उपभोक्ता समितिका अध्यक्ष राज कुमार सदाले अहिले भवन निर्मण कार्य सम्पन्न भएपछी दशकौ देखीको स्थानियको सपना पुरा भएको बताउनु भयो ।
महादेवा गाउँपालिकाको ९ लाखको लगानीमा ३ कोठे र शौचालय सहित भएका उक्त भवन निर्माण कार्य सम्पन्न भएको गापा अध्यक्ष सुनिल कुमार मण्डलले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-०२-२७ , समय : १५:१८:०० , 2 years अगाडि