स्रोत नखुलेको भारतीय रकम सहित तिन जना पक्राउ

मिति: २०२३-०२-२८ , समय : ११:५१:०३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

सुनसरी । मोरङको बिराटनगर महानगरपालिका-९ चुलाचुली मार्ग स्थितबाट स्रोत नखुलेको भारतीय रकम सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपरान्ह ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० बर्षीय नबि हुसेनलाई शंकास्पत अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १ लाख त्रियासी हजार सात सय पचास रुपैया भारतीय रकम फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-२८ , समय : ११:५१:०३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित