मधेस प्रदेश : महिलाले आफ्नै शरीरमा आगो लगाउँदा जलेर मृत्यु

मिति: २०२३-१२-०१ , समय : १५:४९:३८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको बारामा एक महिललो आफैले जिउमा आगो लगाउँदा जलेर मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवीले हिजो साँझ आफ्नै जिउमा आगो लगाएकी थिइन् ।

घरपरिवारले थाहा पाएपछि उद्धार गरी गम्भीर घाइते अवस्थामा उपचारको लागि वीरगञ्ज स्थित नारायणी अस्पताल भर्ना गरेका थिए । सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-१२-०१ , समय : १५:४९:३८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित