सप्तरीको राजविराज स्थित राजदेवी टोलमा चोरी आतंक,चोर फेला पार्न प्रहरीलाई चुनौती
मिति: २०२४-०१-१६ , समय : १०:०४:०८ , नविन यादव
मिति: २०२४-०१-१६ , समय : १०:०४:०८ , नविन यादव
नविन यादव
राजविराज । पछिल्लोपटक चोरीको घटना एकपछि अर्को गरि बढ्दै गएपछि सप्तरीको राजविराज नगरपालिका वडा न.२ राजदेवी टोलवासी त्रसित भएका छन। राजदेवी चौकस्थित रहेको प्रहरी बिटको सय मिटर दुरीमै एकपछि अर्को चोरीको घटनाले टोलवासी नै चोरी आतंकबाट त्रसित भएका हुन।
करिब २५ दिन अघि चौकमै रहेको दिलिप रजकको पान पसलबाट चोरी भएको घटना नसेलाउँदै स्थानीय बिकास यादवको पसलबाट चोरी भएको घटना बाहिरियो ।त्यसैगरी स्थानीय गोपाल मिश्रको घरबाट समेत बहुमुल्य गरगहनासहितका सर सामान चोरी भएको स्थानीयहरुले जानकारी दिएको छ।
चौकमा रहेको रजकको पानपसलबाट करिब एक लाख रुपैयाँको सरसामान चोरी भएको पीडितको भनाइ छ।त्यससँगै बिकास ट्रेडस एन्ड सप्लायर्सबाट करिब पौने लाखको सरसामान चोरी भएको प्रोप्राईटर बिकास यादवले बताए । त्यस्तै स्थानीय गोपाल मिश्राको घरमा कोही नरहेको मौका छोपी चोरले पछाडिको वाल कुदेर घरबाट पुस १३ गते बहुमुल्य गरगहनासहितका सरसामान चोरेर लगेको पीडितले बताए ।मिश्रको घरबाट सुन,चाँदीको गरगहना,फुलको भाडा,एलैइडी,कुकुर,कपड़ा र नगद सहित पाँच लाखको सम्पत्ति चोरेर लगेको उनले बताए ।
स्थानीयहरुका अनुसार राजदेवी प्रहरीको फितलो गस्तीका कारण यस टोलमा चोरीको घटनामा वृद्धि भईरहेको आरोप लगाएका छ्न।उनीहरुले पीडितबाट जिल्ला प्रहरी कार्यालय राजविराजमा समेत निवेदन चढाएको भए तापनि प्रहरी प्रशासनले चोर समात्न नसकेको गुनासो सुनाए ।
यता साे सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक एसपि गज्जुसिद्धी बज्राचार्यले चोरीका घटना न्यूनीकरण हुने आश्वासन दिदै चोरीमा संलग्नहरुको खोजी कार्य भईरहेको बताए ।
प्रकाशित मिति: २०२४-०१-१६ , समय : १०:०४:०८ , 1 year अगाडि