मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै

मिति: २०२४-०१-१७ , समय : १०:३४:४८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
आज माघ ३ गते । आजको दिनलाई मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवसको रुपमा मनाउन लागेको छ । ३ माघ २०७८ मा आजकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको अवसर पारेर स्वाभिमान दिवस मनाउन लागेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

आज मधेश सरकारले जनकपुरधाम स्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने तथा मुख्यमन्त्री सरोजकुमार यादवको एकवर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको छ ।

प्रकाशित मिति: २०२४-०१-१७ , समय : १०:३४:४८ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित