आज बलिदानी दिवस मनाइँदै : मधेश प्रदेशमा सार्वजनिक बिदा

मिति: २०२४-०१-१९ , समय : ०९:३२:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
प्रथम मधेश आन्दोलनको आज १७ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहादत भएपछि प्रथम मधेश आन्दोलनको शंखनाद भएको थियो ।

सहिद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेश प्रदेश सरकार र मधेश केन्द्रीत दल बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।

२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन शुरु भएको थियो ।

आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो सहिद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।

बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । मधेश सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

यता मधेश सरकारले आज वीरगञ्जमा बलिदानी दिवसको आयोजना गरेको छ । यता, १७ औं बलीदानी दिवसको अबसरमा जनता समाजवादी पार्टी नेपालद्वारा राजविराज स्थित गजेन्द्र चौकमा सरसफाई कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति: २०२४-०१-१९ , समय : ०९:३२:२० , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित