विभिन्न सात बुँदे माग राख्दै सातौ दिन पनि राजविराज नगरपालिकामा धर्ना जारी : दोश्रो चरणको आन्दोलनको धोषणा
मिति: २०२४-०१-२४ , समय : २०:४७:०७ , गामघर डेस्क
मिति: २०२४-०१-२४ , समय : २०:४७:०७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराज नगरपालिकाका वडा सदस्यहरुले सातौ दिन बुधवार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । जनहित एवं आफ्ना अधिकार सहितका विभिन्न ७ बुंदे माग राखी उनीहरु ग्त बिहीबारदेखी नगरपालिकामा धर्ना दिइरहेका छन् । समितिका संयोजक रामानन्द देवले दोश्रो चरणको आन्दोलनको समेत बुधवार धोषणा गरेका छन । उहाँका अनुसार दोश्रो चरणको आन्दोलनमा माध १४ जते आईतवार विरोध प्रदर्शन गर्ने र सोमवारदेखि नगरपालिकामा २ धण्टे धर्ना दिने बताउनु भयो । बिटोरी जग्गा समस्या अविलम्ब समाधान गर्नु पर्ने संघर्र्ष समितिको पहिलो माग रहेको संघर्ष समितिका संयोजक देवले बताउनु भयो ।
यस्तै नगरपालिकाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउनु पर्ने, नगरबाट पारित योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने, नगर क्षेत्रमा सिसी क्यामरा जडान गर्नु पर्ने, छाडा पशुचौपाया नियन्त्रण गर्नु पर्ने, सुरक्षा तथा नगरका अन्य समस्या व्यवस्थापनका लागी नगर प्रहरी भर्ना गर्नु पर्ने लगायतका ७ बुंदे माँग राखी वडा सदस्यहरु संघर्ष समिति गठन गरि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति: २०२४-०१-२४ , समय : २०:४७:०७ , 1 year अगाडि