मधेस प्रदेश : बसको ठक्करबाट एकजनाको मृत्यु
मिति: २०२४-०१-२७ , समय : ११:५२:१७ , गामघर डेस्क
मिति: २०२४-०१-२७ , समय : ११:५२:१७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको रौतहटमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका ५ का ५५ वर्षीय बोधनाथ पौडेल छन् ।
उनी आज बिहान मोर्निङ्गवाकमा निस्केका बेला बसले ठक्कर दिएको हो । सर्लाहीबाट नारायण गढ तर्फ जान लागेको बा ३ खा ३४५५ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यायल चन्द्रपुरनिगहपुरले जनाएको छ । यता ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक प्रहरी कार्यालयका निरीक्षक सुशील आचार्यले जानकारी दिए ।
प्रकाशित मिति: २०२४-०१-२७ , समय : ११:५२:१७ , 1 year अगाडि