मधेस प्रदेशको पर्साकाे भिश्वामा घुमुवा प्रहरीकाे आंतक : रक्सी भट्टीबाट खुलेयाम रकम असुली

मिति: २०२४-०१-२८ , समय : १०:०२:०५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशको पर्साकाे भिश्वा स्थित प्रहरी चाैकीमा कार्यरत घुमुवा प्रहरी सन्तोष राैनियारकाे कारण यहाँका स्थानीय व्यवसायी परेसान भएका छन् । घुमुवाकाे असुलीकाे कारण नै स्थानीय व्यवसायी परेसान भएका हुन । चाैकी प्रमुख ६/६ महिनामा परिवर्तन भए पनि घुमुवा प्रहरी राैनियार भने विगत २८ महिना देखि यहाँ घुमुवाकाे रूपमा कार्यरत छन् । उनको असुली धन्दा र व्यवहार हेर्दा लाग्छ कि चाैकी प्रमुख सई नै उनै हुन ।
भिश्वामा रक्सी भट्टी मात्रै १५ वटा रहेका छन् । प्रत्येक रक्सी भट्टीबाट घुमुवा राैनियारले २ हजार देखि २५ सयसम्मकाे दरले रकम असुली गरिरहेकाे पसलेहरू नै बताउँछन् । यसबाहेक ५ वटा शिलप्याकवाला रक्सी पसल छन् । यी रक्सी पसलबाट पनि ४ हजार देखि ५ हजार घुमुवा सिपाही राैनियारले उठाउने गरेको एक पसलेले नाम उल्लेख नगर्ने शर्तमा बताए । यी रक्सी पसलबाट भारत मदिरा तस्करी हुदै आएको छ ।
यसबाहेक भिश्वामा हार्डवेयरकाे पसल राखेर भारतबाट यिनै घुमुवा राैनियारकाे संरक्षण र सेटिङमा हार्डवेयरकाे तस्करी धन्दा गर्ने अशोक राैनियारसंग घुमुवा राैनियारले मासिक २० हजार लिने गरेको समेत यहाँ सार्वजनिक भएको छ।
रकम मात्रै उठाउने घुमुवाले भिश्वाकै मंगल माध्यमिक बिद्यालयमा ६ महिना अघि चाेरी भएको २९ वटा कम्प्युटर सम्बन्धमा कुनै चाेर पत्ता लगाउन सकेको छैन । उक्त स्कुलबाट दुई पटक गरेर २९ वटा कम्प्युटर चाेरी भएको थियो । तर हालसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । मधेस प्रदेशमा नयाँ डिआइजी आएपछि यस्ता बदनाम घुमुवा हट्ने आशा गरिएको थियो तर अहिलेसम्म यो काम हुन सकेको छैन । जनप्रहारबाट

प्रकाशित मिति: २०२४-०१-२८ , समय : १०:०२:०५ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित