मधेस प्रदेश : ट्राफिक प्रहरी जवानमाथि कार्यालयमै छुरा प्रहार

मिति: २०२४-०२-०२ , समय : २१:१२:५८ , गामघर डेस्क

प्रतीकात्मक तस्बिर

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ ।

ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक मदन थापाले जानकारी दिनुभयो । छुरा प्रहार गर्ने रौतहटको राजपुर नगरपालिका–१ घर भएका यमामुद्दिन देमानलाई प्रहरीले पक्राउ गरेको छ ।

यता छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०२-०२ , समय : २१:१२:५८ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित