समाचारकाे प्रभाव : हरिणको अबैध मासु वन कार्यालयद्वारा नष्ट

मिति: २०२४-०२-०३ , समय : १९:२२:०३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको डिभिजन वन कार्यालय राजविराजले अबैध चोरी सिकारीद्दारा मारिएका दुई हरिणको मासुलाइ शनिबार नष्ट गरेको छ ।
अबैध चोरी सिकारी गरी मारिएका दुईवटा हरिणको अखेटोपहार (ताजा मासु) स्थानिय प्रहरी, पत्रकार, वन कर्मचारी तथा स्थानीय भरभलादमीको रोहबरमा जिल्लाको रूपनी गाउँपालिकास्थित शम्भुनाथ सबडिभिजन वन कार्यालय रुपनीमा माटोमा खाल्डो खनेर नष्ट गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त प्रसाद साहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
सप्तरी प्रहरीले शुक्रबार राजविराज नगरपालिका ५ का ४६ वर्षीय डाक्टर शैलेश कुमार झालाई हनुमाननगर कंकालिनी नगरपालिका वडा न.२ स्थित कोशी बाँध क्षेत्रबाट अबैध चोरी सिकारीमा संलग्नमा हरिणको अखेटोपहार (ताजा मासु) ३५ किलो, १ थान २२ बोर मेगनम राईफल र सोमा प्रयोग हुने ४१ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।
उहाँमाथि वन ऐन २०७६ अनुसार कानुनी प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख साहे जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०२-०३ , समय : १९:२२:०३ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित