अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सप्तरीको ब्रहमपुरमा जनचेतनामूलक सडक नाटक प्रदर्शन

मिति: २०२४-०२-०८ , समय : ०८:३७:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सप्तरीको डाक्नेश्वरी नगरपलिका वडा न.७ ब्रहमपुरको हाटबजारमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन् ।
हिरा फेकनी माध्यमिक विद्यालय बनौला र रामेश्वर मेमोरीयल माध्यमिक विद्यालय ब्रहमपुरमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूलाइ जनचेतनामूलक साे सडक नाटक प्रदर्शन गरेका हुन ।
बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद, बालविवाह, दाइजो प्रथा, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो । नाटकको माध्यमबाट बालबालिकाहरूले असमान व्यवहार तथा विभेदबाट मानव जीवनमा पर्ने असरबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन ।

उक्त कार्यक्रममा वडा अध्यक्ष सत्रुधन मण्डल,मानव अधिकार समुहका सह सचिव मम्मा ठाकुर ,सदस्य सुनिता सरदार , संरक्षक शिक्षक मनोज कुमार चौधरी र बलराम पंडित समुदायका अगुवा, नागरिक समाजको उपस्थिती रहेको इन्सेकको सप्तरी जिल्ला सहजकर्ता अजय परियारले बताउनुभयो ।

कार्यक्रममा सहभागी अर्चना कुमारी चौधरीले आजको बालबालिकाहरू भोलीको कर्णधार हून र शिक्षाबाट मात्र समाज परिवर्तन हूने महिला हिसां बिरूद्ध हामीले समाजमा खुलेर बहस गर्नुपर्नेमा जाेड दिएका छन ।
मानव अधिकार समुहकी सह सचिव ममता ठाकुरले लैङगिक हिसां र महिला हिसां बिरूद्ध हाम्रो अभियान ईन्सेक द्वारा चलिरहेको आउने दिनमा अरू सस्त भएर लागी पर्ने बताउनूभयाे ।
वडा अध्यक्ष सत्रुधन मण्डलले प्रदर्शनले छोरा छोरी लाई शिक्षामा समान पहुँचको महत्व दर्शाएको र शिक्षाको अभाबले महिला हिसां निम्ताएको प्रदर्शनले देखाएको र बाल विवाह रोक्न हामी हरसबभब लागेको छौ। बिस बर्ष भन्दा पहिला विवाह भएमा वडा कार्यालयमा विवाह दर्ता नहुने बताउनुभयाे । बालबालिकाहरूलको प्रशन्सा गर्दै आयोजक ईन्सेकलाई धन्यवाद समेत ब्यक्त गरेका छन ।
सडक नाटक प्रदर्शनमा बाल अधिकार सचेतना समूहका अध्यक्ष अरूण कुमार साह,अर्का अध्यक्ष रूपेश संत, देवकान्त प्रसाद साह, पारसमणि माझी, रोशन राउत, मनिषा रजक, पवनकुमार साह, श्यामकुमार साह, रिया चौधरी, सपना माझी, सृष्टि साह, , दिपमाला पैकरा,लक्ष्मी साह, मुख्तार, अंजलि साह,सपना मण्डल, चान्दनी मण्डल मुर्ति मण्डल,अंजलि यादव लगायतले सहभागिता रहेको थियोे ।

प्रकाशित मिति: २०२४-०२-०८ , समय : ०८:३७:५२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्