मधेश प्रदेशमा पनि अब सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य लगाउनुपर्ने

मिति: २०२४-०२-०९ , समय : ०८:४७:२६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेश र कोशी प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य लगाउनु पर्ने भएको छ ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा नवीकरण गर्ने सवारी साधनमा १ फागुनदेखि इम्बोस्ड नम्बर प्लेट लागु गरिएको जनाएको छ ।

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी र मधेश प्रदेशका लागि नयाँ सवारी दर्ता र सवारी नामसारीमा १ फागुन २०८० बाट इम्बोस्ड नम्बर लागु हुने जानकारी गराएको हो । अन्य प्रदेश कार्यालयमा भने यसअघि नै यो व्यवस्था लागु भइसकेको छ ।

सवारी दर्ता प्रमाणपत्र नवीकरणको हकमा भने १ जेठ २०८१ बाट यो नियम लागु हुने भएको छ ।

सार्वजनिक सवारी, पर्यटक सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारी साधनमा इम्बोस्ड नम्बर लागु हुने मन्त्रालयले जनाएको छ ।

नम्बरमा प्रदेशको नाम राख्नु पर्ने र यसअघि कोशी र मधेश प्रदेशको नामाकरण नहुँदा सुरुवातमा दुई प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको थिएन ।

प्रकाशित मिति: २०२४-०२-०९ , समय : ०८:४७:२६ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित