सप्तरीको हरिरावाका अग्निपिडित परिवारलाई समाजसेवी यादवद्वारा राहत वितरण

मिति: २०२४-०२-१५ , समय : ०९:०४:४० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । अग्निपीडित परिवारलाई सहयोगी हातहरुको एउटा सानो सहयोग स्वरूप सप्तरीका समाजसेवी एवम् इन्जिनियर सुर्य नारायण यादवले राहत वितरण अभियानलाई निरन्तरता दिदै अाएकाे छ ।
धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा घरमा आगलागि भई कष्टमा रहेको सप्तरीको डाकनेश्वरी नगरपालिका वडा न.२ हरिरावाका अग्निपीडित विनोद कुमार यादवलाई सहयोग स्वरुप त्रिपाल, भाडाकुडा, म्याट्रेस बाल्टिन,मग लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत पौष २९ गते आगलागि हुदा चौपायाहरु गम्भीर रूपले घाइते हुनुका साथै अनुमानित ३ लाखभन्दा बढिको क्षति भएको थियोे ।
उक्त राहत वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय पातोका प्रहरी नायव निरीक्षक शिव कुमार शर्मा, समाजसेवी दीपेन्द्र यादव,राम प्रसाद यादव लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति: २०२४-०२-१५ , समय : ०९:०४:४० , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित