मधेस प्रदेश : ट्रक र जिप ठोक्किँदा दुई जनाको मृत्यु, चार जना घाइते
मिति: २०२४-०२-२१ , समय : १४:२०:४६ , गामघर डेस्क
मिति: २०२४-०२-२१ , समय : १४:२०:४६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशकाे बाराको जितपुरसिमरामा ट्रक र जिप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार जितपुरसिमरा उपमहानगरपालिकास्थित आधाभार जंगलमा भएको दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।
दुर्घटनामा जिप चालक नुवाकोट विदुर नगरपालिका–९ कोल्नीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार मोतिहारी जिल्ला मधुवन थानाग्राम कुन्दनपुरका २८ वर्षका चन्दन चौहानको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनीहरूको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए । सिमराबाट हेटौँडातर्फ जाँदै गरेको ना. ६ ख ३३५२ नम्बरको ट्रक र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा. प्र ०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप ठोक्किँदा थिए ।
घाइतेहरूमा भारतको बिहार मजफ्फरपुर जिल्ला परखना मोतिपुर थाना दरुराज ग्राम सिसुवाका राहुल चौधरी, भारत बिहारकै महाराजगन्ज जिल्ला गोरखपुर बस्ने सुदिप चौहान, सोही ठाउँ बस्ने रामलखन चौहान र ट्रक चालक परवानीपुर गाउँपालिका–४ चौनपुर घर भई हाल जीतपुरसिमरा वडा नम्बर–२ हुलास टोल बस्ने रवि पटेल छन् ।
प्रकाशित मिति: २०२४-०२-२१ , समय : १४:२०:४६ , 1 year अगाडि