मधेस प्रदेश : नहरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, सात घाइते

मिति: २०२४-०२-२२ , समय : ०७:१३:२६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको सर्लाहीमा ट्याक्टर बागमती नहरमा खस्दा दुईजनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा ट्याक्टर धनीसमेत रहेका चालक बाराको गढीमाई नगरपालिका ९ का ५५ वर्षीय जयलाल सहनी र मजदुर ५० वर्षीय रामनाथ सहनी रहेका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुका अनुसार सर्लाहीमा आलु खन्न मजदुर सवार भई आउँदै गरेको नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भएर बरहथवा नगरपालिका १५ स्थित बागमती नदीको नहरमा खसेको हाके ।

दुर्घटना परेर बारा गढीमाईकै १७ वर्षीय आकाश सहनी, १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी सहनी, ४५ वर्षीया सुखली देवी, १८ वर्षीय नितेश सहनी, १६ वर्षीया किशोरी अञ्चलाकुमारी र ६७ वर्षीय वृद्ध रामप्रसाद सहनी घाइते भएको डिएसपी थारुले बताए । आकाश सहनी र किसन सहनीको अवस्था गम्भीर रहेको डिएसपी थारुले बताए ।
दुबैजनालाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको छ । अन्यको गौर र गरुडामा उपचार भइरहेको छ ।
यता साे दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०२-२२ , समय : ०७:१३:२६ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित