मधेस प्रदेश : बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक बरामद
मिति: २०२४-०२-२५ , समय : १६:५३:२४ , गामघर डेस्क
मिति: २०२४-०२-२५ , समय : १६:५३:२४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
मधेस प्रदेशको सिरहाबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।
सिरहाको गोलबजार नगपालिका वडा न.१० कमलदह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बन्दुक लिएर अपरिचित व्यक्ति घुमिरहेको भन्ने विशेष सूचना प्रहरी कार्यालयमा पुगेको थियो ।
लगतै खटिएको सादा पोसाकका सुरक्षाकर्मीलाई देखेर ती व्यक्तिले बन्दुक फाली भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
यता बन्दुक फालेर भागेकाहरुको खोजी भइरहेको डीएसपी पाण्डेको भनाइ छ ।
प्रकाशित मिति: २०२४-०२-२५ , समय : १६:५३:२४ , 1 year अगाडि