मधेस प्रदेश : २१ वर्षीया युवती बलात्कृत , बलात्कारि अशाराम पक्राउ
मिति: २०२४-०२-२७ , समय : १७:१७:१५ , गामघर डेस्क
मिति: २०२४-०२-२७ , समय : १७:१७:१५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
मधेस प्रदेशको सिरहामा २१ वर्षीया युवती बलात्कृत भएकी छिन् ।
सिरहाको धनगढीमाई नगरपालिका वडा न.१० बस्ने ३७ वर्षीय अशाराम दासले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
दासले ती युवतीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका–१० धनगढीस्थित आँपको बगैचामा लगेर बलात्कार गरेको उजुरी छ।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यता साे घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२४-०२-२७ , समय : १७:१७:१५ , 1 year अगाडि