बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाइते

मिति: २०२४-०३-०२ , समय : ०८:२२:१६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

उदयपुर ।
कोशी प्रदेशको उदयपुरको कटारीमा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको भने १३ जना घाइते भएका छन् । शुक्रबार साँझ कटारी नगरपालिकाको कटारी बजारबाट थलियातर्फ गइरहेको बोलेरो जीप कटारी नगरपालिका–७ मजेतपुरमा दुर्घटनामा परेको हो

ना१ज ८३३३ नम्बरको बोलेको दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर १३ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ११ जनाको अवस्था गम्भिर छ । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल पठाइएको छ । अन्य दुईजनाको कटारी अस्पतालमा उपचार भइरहेको छ । जीप ब्रेक फेल भई डेडसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-०२ , समय : ०८:२२:१६ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित