सप्तरीमा बढदाे तस्करी नियन्त्रणका लागि सुरक्षा अधिकारी सहितको टोलीद्वारा नाका अनुगमन

मिति: २०२४-०३-१० , समय : २१:०२:३३ , उमेश कुमार साह

तस्बिर : सामाजिक सन्जालबाट

उमेश कुमार साह

राजविराज ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा रहेको सुरक्षा अधिकारी, बिषयगत कार्यालयका प्रमुख र जनप्रतिनिधि सहितको टोलीले सिमा क्षेत्रको सुरक्षाको अवस्थाको अध्ययन अनुगमन गरेको छ। बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ सुभरणपट्टीको विभिन्न सिमा क्षेत्रको सुरक्षा बिओपी सशस्त्र प्रहरीले गर्दै आएकोले आज भोलि तस्करीको समाचारलाई लिएर सुरक्षा प्रमुखका प्रमुख सहितको टोलिले बोडरमा अनुगमन तथा सुरक्षा बेस क्याम्पलाई चुस्तद्रुस्तका साथ कडाइ गर्न निर्देशन दिएका थिए।

सुक्षाकर्मीको उपस्थिती बढेपछी नागरिकमा परेको प्रभाव र प्रतिक्रिया जान्नको लागी अनुगमन गरिएको हो। सिमा सुरक्षाको लागी सुरक्षाकर्मीहरुको उपस्थिती बढ्दा सिमा क्षेत्रमा हुने अपराध , तस्करी र सिमा स्तम्भको सुरक्षा भएको अनुभुती नागरिकले गरेका छन्।

अनुगमनका क्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सशस्त्र प्रहरी वल नेपाल ०६ नम्बर गण सप्तरीका एसपी घन बहादुर सिंह, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डीराज न्यौपाने , राष्ट्रिय अनुसन्धान विभागका डिएसपी दुर्गा चापागाईं ,बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह लगायतको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: २०२४-०३-१० , समय : २१:०२:३३ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित