मधेस प्रदेश : असइसहित दुई प्रहरी घुससहित रंगेहात पक्राउ

मिति: २०२४-०३-१० , समय : २१:१९:०० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीको गौशाला नगरपालिका वडा नं.१२ स्थित कान्तिबजार प्रहरी चौकी असई शर्मा प्रसाद यादव र हवल्दार २० हजार घुस सहित अख्तियरले पक्राउ गरेका छन् ।

गोप्य सूचनाको अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनालाई गौशाला-१२ स्थित गौरिटोल नजिक मुसहर बस्ती जाने बाटोमा करिव ५:३० बजेको समयमा २० हजार रकम सहित बर्दिवास बाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकमको नम्बर सहित पक्राउ गर्न सफल भएको छ।

यता पक्राउ परेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको अनुसन्धान प्रमुखले बताए ।

प्रकाशित मिति: २०२४-०३-१० , समय : २१:१९:०० , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित