मधेस प्रदेश : जनकपुरधामको एक होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु
मिति: २०२४-०३-१२ , समय : १३:४१:२७ , गामघर डेस्क
मिति: २०२४-०३-१२ , समय : १३:४१:२७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको जनकपुरधामको एक होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु भएको छ। मंगलबार सिटी स्टार फेमिली होटलबाट अचेत अवस्थामा भेटिएपछि अस्पताल पुर्याइएकी युवतीको मृत्यु भएको हो । मृतक पोखराको मियाँ टोलकी २७ वर्षीया खुश्बु सुनार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
अर्को कोठामा बस्ने व्यक्तिले ती युवतीलाई बेहोस अवस्थामा देखेपछि होटल सञ्चालकलाई खबर गरेका थिए । ती युवती करिब तीन महिनादेखि धनुषाको महेन्द्रनगरमा बस्दै आएकी थिइन् । उनी विवाहिता भएको खुलेको छ । मृतक युवतीकी नन्द जनकपुरधाममै छिन् ।
होटलमा उनी किन गइन् र उनको साथमा अरु को-को थिए भन्नेबारे अनुसन्धान थालिएको धनुषा प्रहरीले जनाएको छ । यद्यपि, खुश्बुका साथमा अन्य दुई युवक होटलमा बसेको आशंका गरिएको छ । घटनाबारे प्रहरीले पोखरामा रहेका खुश्बुका श्रीमानलाई पनि खबर गरिसकेको छ ।
प्रकाशित मिति: २०२४-०३-१२ , समय : १३:४१:२७ , 1 year अगाडि