मधेस प्रदेश : पोखरीमा डुबेर एक बालिकाको मृत्यु
मिति: २०२४-०३-१३ , समय : १७:११:४४ , गामघर डेस्क
मिति: २०२४-०३-१३ , समय : १७:११:४४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
जलेश्वर नगरपालिका–३ मलिवारामा बुधवार दिउँसो मङ्गल पाण्डेकी दुई वर्षीया छोरी रुचि पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घर अगाडि खेल्दै उनी घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार त्यसै क्रममा ती बालिकाको डुबेर मृत्यु भएको हो ।
मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ ।
यता घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०३-१३ , समय : १७:११:४४ , 1 year अगाडि