मधेस प्रदेश : बैंकमा सञ्चालकमाथि गोली प्रहार , तीन जना भारतीय पक्राउ

मिति: २०२४-०३-१५ , समय : १५:१८:४६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशको शिव मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिसकेको बताइन् । गोली चलाउने समूहका तीन जनालाई प्रहरीले पक्राउ समेत गरेका छन् ।
पक्राउ परेका तीनै जना भारतीय नागरिक छन् ।

मुनिस यादव, राजा कुमार पासवान र चन्द्र भारतीलाई हतिायर सहित पक्राउ गरेको हो ।

यद्दपी उनीहरुको ठेगाना खुलिसकेको छैन् । यता घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-१५ , समय : १५:१८:४६ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित