सप्तरीकाे जोगीया जाँजरमा तिन दिनसम्म दिनाभद्री जन्मोत्सव मनाउने
मिति: २०२४-०३-२२ , समय : १४:५५:४५ , गामघर डेस्क
मिति: २०२४-०३-२२ , समय : १४:५५:४५ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी ।
सप्तरीको बोदेबसाइन र खडक नगरपालिकाको सिमामा रहेको जोगीया जाँजरमा दिनाभद्री जन्मोत्सव चैत २५,२६ र २७ गते तिन दिनसम्म मनाउने आयोजकले जनाएको छ ।
बोदेबसाइन नगरपालिका वडा न. २ र खडक नगरपालिका वडा न. ८ स्थित रहेको जोगीया जाँजरमा दिनाभद्री जन्मोत्सव तिन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने आयोजकले जनाएको हो ।
बोदेबसाइन र खडक नगरपालिकाले जोगीया जाँजरमा दिनाभद्री जन्मोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमका साथै पुजा पाठ चैत २५,२६ र २७ गते तिन दिनसम्म मनाउने प्रचार प्रसार समितिका संयोजक गंगा सदाले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उहाँले जन्मोत्सवको अवसरमा हजारौ श्रद्धालु आउने अनुमानसहित आवशयक तयारी समेत सुरु गरिएको बताउनु भयो ।
उहाँका अनुसार विगत २५ वर्षदेखि दिनाभद्री जन्मोत्सव मनाउदै आएको बताउनु भयो । प्रचार प्रसार समितिका संयोजक सदाले यस जन्मोत्सवमा हजारौ भक्तजनको सहभागीता रहने बताउनु भयो । जन्मोत्सवको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको प्रचार प्रसार समितिका संयोजक सदाले बताउनु भयो । मन्दिरको रंगरोगन,सरसफाईको साथै भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने ब्यवस्थाका लागी स्वयसेवक परिचालन,जिल्ला प्रहरी कार्यालयको सहयोगमा शान्ति सुरक्षाको व्यवस्था मिलाईने तयारी भएको प्रचार प्रसार समितिका संयोजक सदाले बताउनु भयो । दिनाभद्री मुसहर(सदा) जातीको कुलदेउता रुपमा पुजने गरेको स्थानिय बताउँछन ।
यस पल्ट मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रमका साथै भजन, किर्तन, दिव प्रज्वलन ,धार्मिक कार्यक्रमको समेत आयोजना गर्ने अन्तरिम विधायक असर्फी सदाले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२४-०३-२२ , समय : १४:५५:४५ , 1 year अगाडि