मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधि

मिति: २०२४-०३-२६ , समय : ०८:३९:०१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । हरेक वर्षझैं यसवर्ष पनि होली उत्सवको अवसरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्खको उपाधि प्रदान गरिएको हो । मिथिला नाट्यकला परिषद्ले हरेक वर्ष होली पर्वको अवसरमा गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तिलाई यो उपाधि दिने गरिन्छ ।

हिजो जनकपुरमा राममन्दिरको प्राङ्गणमा भएको महामूर्ख सम्मेलनमा मण्डललाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो । सभामुख मण्डलले मैथिली भाषा र साहित्य उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै महामूर्खको सम्मान प्रदान गरिएको मिथिला नाट्याकला परिषद्ले जनाएको छ ।

आकर्षण ब्यङ्यात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मानपत्र र मायाको चिनोसहित सभामुख मण्डललाई सम्मान प्रदान गरिएको छ ।

समारोहमा अन्य १३ मान पदवीमध्ये यस वर्ष पटमूर्खको उपाधि मधेस सरकार अर्थ मन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मूर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेमविदेह ललनलाई प्रदान गरिएको छ । २०६१ सालदेखि जनकपुरधाममा महामूर्ख सम्मेलन हुँदै आएको छ । रासस

प्रकाशित मिति: २०२४-०३-२६ , समय : ०८:३९:०१ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित