सप्तरीमा मोटरसाइकल पुलमा ठाेक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु
मिति: २०२४-०३-२८ , समय : १६:०२:३० , गामघर डेस्क
मिति: २०२४-०३-२८ , समय : १६:०२:३० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा मोटरसाइकल पुलमा ठाेक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा न.४ बनौलीस्थित भित्री सडक खण्डमा राजविराजबाट कंचनपुरतर्फ जाँदै गरेको प्र २–०१–००१ प ४९१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको पिलरमा ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तरीको महदेवा गाउँपालिका वडा न.४ का ३५ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रबक्ता ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
उहाका अनुसार पुलको पिलरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालक भारत बिहारको सुपौल जिल्ला डंगमारा बस्ने २३ वर्षीय अजयकुमार मण्डल र पछाडि सवार श्रवण गम्भीर घाइते भएका थिए । यता दुवै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा श्रवणको उपचारको क्रममा मृत्यु भएको न्यौपानेले बताउनुभयो ।
प्रकाशित मिति: २०२४-०३-२८ , समय : १६:०२:३० , 1 year अगाडि