मधेस प्रदेश : जथाभाबी फोहर फाल्नेबाट २७ लाख रुपैयाँ राजस्व सङ्कलन
मिति: २०२४-०३-२९ , समय : २०:५७:०१ , गामघर डेस्क
मिति: २०२४-०३-२९ , समय : २०:५७:०१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा जथाभाबी फोहोर फाल्नेबाट ११ लाख ६५ हजार नौ सय रुपैयाँ जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । जथाभाबी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी तीन सय ८० जनामाथि महानगरले कारबाही गरेको हो ।
महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाँका अनुसार २०७९ साल पुस १७ गतेदेखि जरिबानाको नियम लागू भएकोमा अहिलेसम्म नौ सय जना कारबाहीमा परिसकेका छन् । महानगरले २७ लाख दुई हजार छ सय पाँच रुपैयाँ जरिबानाबापत राजस्व सङ्कलन गरिसकेको छ । अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने महानगरको योजना छ ।
सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सफाइ हुँदै आएको छ । बर्खायाम शुरु हुनुअघि महानगरभित्रका सबै नाला सफा गरिसक्ने प्रमुख मियाँले बताउनुभयो ।
वीरगञ्जलाइ सफा महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि अहिले सफा र सुन्दर देखिन थालेको छ । तर बजेट अभावका कारण सरसफाइ गर्ने कर्मचारी हटाएपछि चुनौती थपिएको प्रमुख मियाँको भनाइ छ । रासस
प्रकाशित मिति: २०२४-०३-२९ , समय : २०:५७:०१ , 1 year अगाडि