सप्तरीका समाजसेवी इन्जिनियर सुर्य नारायण यादवद्वारा अग्निपिडित परिवारलाई राहत वितरण
मिति: २०२४-०४-०४ , समय : १४:५७:१७ , अखिलेश कुमार राय
मिति: २०२४-०४-०४ , समय : १४:५७:१७ , अखिलेश कुमार राय
अखिलेश कुमार राय
राजविराज । निस्वार्थ भावले समाजसेवा गर्दै आउनु भएका सप्तरीका समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले समाजमा एक अर्काको सहयोग गरौं भन्ने उदेश्यले राहत वितरण कार्य जारी राखेको छ ।
सहयोगी हातहरुको अग्निपीडित परिवारलाई एउटा सानो सहयोग गराे भन्ने उदेश्यले धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरी द्वाराआगलागिबाट सर्वस्व गुमाई बिच्चलीमा रहेकाे सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न. ३ सखडाका अग्निपिडित परिवारलाई राहत वितरण गरेको हाे । अग्निपीडितहरु क्रमश गंगाराम साह हलुवाई,कंचन देवी(राम कुमार साह) र बिन्दु कुमार साहकि परिवारलाई एउटा सानो सहयोग स्वरुप त्रिपाल,लुगाफाटा,भाडाकुडा, म्याट्रेस ,बाल्टिन ,मग लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एव समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
उक्त राहत वितरणमा इलाका प्रहरी कार्यालय सखडाको प्रहरी वरिष्ठ हवलदार राजरिष प्रसाद यादव, प्रहरी हवलदार सुरेश मेहता, छिन्नमस्ता गाउपालिका वडा न. ३ का वडा सदस्य मोहम्मद बिन मियां,पशु स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण पंडित लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे । गत मङ्गलबार राति आगलागि हुदा ९ वटा घर जलेर नष्ट हुनुका साथै अनुमानित १६ लाखको क्षति भएको थियोे ।
प्रकाशित मिति: २०२४-०४-०४ , समय : १४:५७:१७ , 1 year अगाडि