मधेस प्रदेश : ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु
मिति: २०२४-०४-०७ , समय : १२:३९:४४ , गामघर डेस्क
मिति: २०२४-०४-०७ , समय : १२:३९:४४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको रौतहटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्युु भएको छ । मृत्युु हुनेमा गुजरा नगरपालिका ४ का शेख हसमुल्लाका १३ वर्षीया छोरा शेष सहनवाज छन् ।
धनसारबाट जंगलसैया तर्फ जाँदै गरेको ना ७ त ७५७ नम्बर को धान काट्ने ट्रेक्टरले आज बिहान सवा ७ बजे साइकलबाट बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिएको थियो ।
यता घाइते बालकलाई तत्काल उपचारका लागि चन्द्रपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले मृतकको शव फिर्ता ल्याई घटनास्थलमा राखेर आवतजावत बन्द गरेका छन् ।
प्रकाशित मिति: २०२४-०४-०७ , समय : १२:३९:४४ , 1 year अगाडि