मधेस प्रदेश : छुरा प्रहार गरी युवकको हत्या गर्ने बाहुबली पक्राउ
मिति: २०२४-०४-०९ , समय : २१:१८:५८ , गामघर डेस्क
मिति: २०२४-०४-०९ , समय : २१:१८:५८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । सोमबार दिउँसै बीच सडकमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा मधेस प्रदेशको धनुषाको जनकपुरका बाहुबली भन्ने अजय साह पक्राउ गरी सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई मँगलबार सार्वजनिक गरेको हो । सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ सरँचिया कुटीस्थित एक युवकलाई छुरा प्रहार गरी हत्या आरोपमा उनलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकीचोक बस्दै आएका स्वः जवाहिर लाल महासेठको २० बर्षिय छोरा प्रिन्स कुमार महासेठलाई आपसी विवादको कारण छुरा घोपी हत्या गरेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ शान्तीनगर बस्ने गणेश प्रसाद साहको २२ बर्षिय छोरा अर्जनु भन्ने अजय साहलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
सो क्षेत्रमा उनले आफूलाई एरियाको दादा भन्दै बाहुबली भनेर चिनिने गर्थे । उनले दिउँसै आफ्नै साथीलाई छुरा प्रहार गरी हत्या गरेका थिए । एक घण्टा नबित्दै प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, अर्जुन भन्ने अजय कुमार साह प्रिन्स कुमार महासेठ र रोशन कुमार झा बिच जटहीमा सामान्य विवाद भएकोमा मृतक प्रति सोही विवादको कारण अर्जुन भन्ने अजय कुमार साहले मनमा रिसइवी राखि जटही देखि बसमा जनकपुर आउने क्रममा विश्वकर्मा चोक स्थित पुगेपछी प्रिन्स महासेठलाई कठालो समाति बसबाट रोडमा झारी कुटपिट गर्न थालेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कुटपिटको क्रममा अर्जुन भन्ने अजय साहले बोकेको चक्कु झिकि प्रिन्स महासेठको बाँया साइड छातीको भागमा प्रहार गरी हत्या गरेको थियो । चक्कु प्रहार पश्चात घट्नास्थलबाट प्रिन्स महासेठ र उनको साथी रोशन कुमार झा केही पर सम्म भागी बाटोमा बेहोस भई लडेको थियो । उनलाई स्थानीयहरुले अस्पताल पुरयाउँदा चिकित्कसले मृत घोषित गरेको थियो ।
घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले सक्रियता देखाएपछि उनलाई एक घण्टाभित्रै पक्राउ गरेको थियो । उनको साथबाट प्रिन्सलाई हानेको छुरा समेत बरामद भएको प्रहरीले जनाएको छ ।
आरोपित अजय कुमार साहले जनकपुरको जिरोमाईल तथा उनी बस्ने जनकपुरको अन्य एरियाहरुमा आफु उक्त एरियाको दादा (बाहुबली) सम्झने गरेको र भारतीय नाकाहरुमा गई लागु औषध नाईट्रोभेट ट्याब्लेट, गाँजा र भाङ सेवन गर्ने गराउने केटाहरुलाई भनेको कुराहरु नगरेमा आफ्नो मनमा रिसईवि राख्ने र मौका पाएको बखत कुटपिट गर्ने खालको चालचलन रहेको बताईएको छ ।
आरोपित साह उपर जिल्ला प्रहरी कार्यालय धनुषाबाट केही सार्वजानिक अपराध सम्बन्धी कसुर मुद्दामा पक्राउ भई मुद्दा चलाएको बताइएको छ । उनीमाथि पहिलेदेखि केही मुद्दाहरु चलिरहेको बताईएको छ ।
उनीमाथि गत बैशाखमा चोरीको मुद्दामा जेल समेत चलान भएको रेकर्ड फेला परेको हो । विभिन्न समयमा शानती विरुद्धको मुद्दा, लागुऔषध, अभद्र व्यवहार लगायतका मुद्दामा करागार गएको देखिएको छ ।
यता आरोपित साह उपर कर्तव्य ज्यानको मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।
प्रकाशित मिति: २०२४-०४-०९ , समय : २१:१८:५८ , 1 year अगाडि