कोशी प्रदेश : सुनसरीका ५ वटा पालिकामा कर्फ्यु हट्यो, भेला जुलुस गर्न भने नपाइने
मिति: २०२४-०४-१० , समय : १५:३३:४६ , गामघर डेस्क
मिति: २०२४-०४-१० , समय : १५:३३:४६ , गामघर डेस्क
गामघर डेस्क
सुनसरी ।
कोशी प्रदेश स्थित जिल्ला प्रशासन कार्यालय सुनसरीले गएको शुक्रवारदेखि पाँच वटा पालिकामा लगाएको कर्फ्यु हटाएको छ । गए राति १२ बजेदेखि कर्फ्यु हटाएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।
दुई समूहबीचको विवाद बढेर झडप हुन थालेपछि सुनसरीको हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका र भोक्राह नरसिंह गाउँपालिकामा कर्फ्यु लागू भएको थियो ।
गएको शनिवार भएको सर्वदलीय बैठकमा दुवै पक्ष शान्त हुने सहमति भए पनि प्रदर्शन भएपछि कर्फ्युलाई निरन्तरता दिइएको थियो । कर्फ्यु हटे पनि पाँच वटै पालिकामा भेला, जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-०४-१० , समय : १५:३३:४६ , 1 year अगाडि