मधेश प्रदेशसभामा तनाव : जनमत पार्टीको अवराेधले दश मिनेटका लागि बैठक स्थगित

मिति: २०२४-०४-१६ , समय : १५:०५:१७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रदेशसभामा तनाव उत्पन्न भएको छ । आज मंगलवार २ बजे सुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक बिश्वासको मत लिने कार्यसुची रहेको छ । बैठक सुरु हुनासाथ जनमत पार्टीले सप्तरीको राजविराजमा मुख्यमन्त्रीको उपस्थितीमा तत्कालिन शिक्षा मन्त्री जनमतका नेता महेश यादव सहितका उपर भएको आक्रमणको विषयमा आफुहरुले पटक पटक संसदलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको भन्दै बैठक चल्न नदिने अडान राखे ।

जनमतका सबै सांसदहरु उभिएर बैठकमा अवरोध गरेपछि एमालेका सांसद तथा संसदिय दलका उपनेता दिपेन्द्र ठाकुरले प्रतिवाद्व गर्न खोज्दा कांग्रेसका सांसदहरु जनमतको पक्षमा उभिएर आक्रोस व्यक्त गर्दा तनाव उत्पन्न भएको छ । व्यक्तिगत कुरा संसदमा ल्याउन नहुने भन्दै एमालेका ठाकुरले धारणा राखेपछि जनमत र कांग्रेसका सांसदहरु रोष्टम तर्फ अगाडि बढदै नारावाजी गर्न थालेका हुन ।

मधेश प्रदेशमा सत्तापक्ष र बिपक्ष बिच एकअर्का प्रतिको यो व्यवहारले मधेश प्रदेशसभा प्रभावित हुने संकेत गर्दछ । त्यसपछि उत्पन्न परिस्थिती साम्य पार्न सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थागित भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति: २०२४-०४-१६ , समय : १५:०५:१७ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित