मधेस प्रदेश : सशस्त्र प्रहरीद्वारा १५ लाख बराबरको अवैध सामान बरामद
मिति: २०२४-०५-०३ , समय : १८:४१:०२ , गामघर डेस्क
मिति: २०२४-०५-०३ , समय : १८:४१:०२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
। सशस्त्र प्रहरी बलले रौतहटको विभिन्न स्थानबाट राजस्व छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गणले रौतहटको विभिन्न नाकाबाट राजस्व छलेर अवैध रूपले भित्रिएको लत्ताकपडा, किराना सामान तथा मदिरालगायतका सामान बरामद गरेको जनाएको छ ।
भन्सार छलेर ल्याइएको ४०४ थान लत्ताकपडा सहित भारततर्फ अवैधरूपमा पठाउन लागिएको १०४ कार्टुन मदिरासमेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले अवैध कारोबारमा प्रयोग भएका ४ थान मोटरसाइकल र ६ थान साइकल समेत बरामद गरेको छ ।
यता बरामद गरिएका सामान भन्सार कार्यालयमा पठाइएको नम्बर ११ गणले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०५-०३ , समय : १८:४१:०२ , 1 year अगाडि