मधेस प्रदेश : कुकुरले टोक्दा ६ वर्षीया एक बालिकाको मृत्यु

मिति: २०२४-०५-०८ , समय : १३:१२:०९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको धनुषाको जनकपुरधाममा कुकुरले टोक्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका – १ पुलचोकस्थित डेरा गरी बस्दै दिपक साहकी ६ वर्षीया छोरी सन्ध्या साह छन् ।

धनुषाको शहिदनगर नगरपालिकाको यदुकूहा स्थायी घर भएका दिपक श्रीमतीसंगै पुल चोकमा कोठा भाडा लिएर बस्छन् ।

मंगलबार साँझ खेलिरहेका बालिकालाई कुकुरले टोकेर गम्भिर घाइते बनाएको थियो । उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको स्थानीयले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-०८ , समय : १३:१२:०९ , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्