मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र : एमाले पनि मधेश सरकारबाट बाहिरिँदै

माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा मधेश सरकार !

मिति: २०२४-०५-१२ , समय : १७:१४:४६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपाल नेतृत्वकाे मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामापत्र बुझाएका हुन्।

मधेशमा माओवादीबाट भरतप्रसाद शाह विनाविभागीय र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री थिए।

माओवादी केन्द्रले आजै प्रदेश प्रमुखलाई सरकारको समर्थन फिर्तासहितको पत्रसमेत बुझाएकाे छ ।

यसैबीच जनता समाजवादी पार्टी नेपाल नेतृत्वको मधेश प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिने भएको छ। एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा बुझाउने तयारी गरेका छन्।

शिक्षा तथा संस्कृतिमन्त्री प्रमोदकुमार जयसवाल जनकपुरबाहिर रहेको र आउन समय लाग्ने भएकाले राजीनामा बुझाउन ढिला भएको एमालेका सांसद हरिनारायण महतोले जानकारी दिए।

आजै माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामापत्र बुझाइसकेका छन्।

प्रकाशित मिति: २०२४-०५-१२ , समय : १७:१४:४६ , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित