सप्तरीकाे सप्तकोशी नगरपालिकामा एक ५५ बर्षिय पुरुषको शव फेला

मिति: २०२४-०५-१५ , समय : २१:४८:२२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा न.१ स्थित फत्तेपुरमा एक जना मृत फेला परेका छन्। सप्तकोशी नगरपालिका वडा न.१ स्थित फत्तेपुरमा बुधबार दिउँसो करिव साढे १२ बजको समयमो ५५ वषिय एक पुरुष मृत फेला परेको प्रहरीले जनाएको हो । फतेपुर बजारमा कवाडी सामान संकलन गरेर जिविका चलाउँदै आएका उहाँ सामानको भारी बोकेर हिडिरहेका बेला अचानक लडेर वेहोस भएको र तत्कालै मृत्यु भएको थियो । उहाँको हर्टएट्याकका कारण मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
स्थानीयका अनुसार भारतीय नागरिक उहाँ लामो समयदेखि फत्तेपुरमै वसेर कावाडीका सामान संकलन गरेर जिविका चलाउँदै आएको जनाईएको छ । यता ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली खटाई घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२४-०५-१५ , समय : २१:४८:२२ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित