समाचारकाे प्रभाब : बन्धक रहेको दलित महिलाको शव ल्याउन पालिकाले थाल्यो पहल
सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्षको नेतृत्वमा एक सय पालिकाबासी विराटनगर प्रस्थान
मिति: २०२४-०५-२० , समय : २०:५२:०३ , गामघर डेस्क
मिति: २०२४-०५-२० , समय : २०:५२:०३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक रहेको शव ल्याउन सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा एक टोली विराटनगर प्रस्थान गरेको छ।
सोमबार साँझ पालिका अध्यक्ष खेमचन्द्र यादव, उपाध्यक्ष रेणु यादवसहित स्थानीय करिव एक सय पालिकावासी विराटनगर अस्पतालतर्फ लागेका हुन् ।
पालिका अध्यक्ष यादवले त्यहाँ गएर अस्पताल प्रशासनसँग दाह संस्कारको लागि शव दिन आग्रह गर्ने बताए । त्यसमा अस्पाताल तयार नभए त्यहीँ सबैजना धर्नामा बस्ने उनले जानकारी दिए ।
’स्वास्थ्य मानवको नौसर्गिक अधिकार हो, पैसा नभए पनि मान्छेलाई उपचार पाउने हक संविधानले सुनिश्चित गरेको छ, यसको रक्षा हुनुपर्छ,’ उनले भने, ’हामी त्यहाँ गएर अस्पाताल प्रशासनसँग सौहार्दपूर्ण रुपले शव माग्छौँ, नदिए त्यहाँका प्रशासनलाई शव दिलाउन आग्रह गर्छौँ, त्यसमा पनि नमाने हामी त्यही धर्नामा बस्छौँ, शव लिएरै आउँछौँ।’
उपचारको ११ लाख ७० हजार रुपैयाँ परिवारले तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होम अस्पातालले सप्तरीको बलानबिहुल गाउँपालिका– २ की ४२ वर्षीया श्यामकुमारी रामको शव तीन दिनदेखि बन्धक बनाएको छ।
गत बिहीबार (३ जेठ) उपचारका क्रममा ज्यान गएको थियो। उनको उपचारमा २० लाख ६९ हजार बिल उठेकोमा परिवारले आठ लाख ९९ हजार तिरे पनि बाँकी रकम बुझाउन नसक्दा अस्पतालले शव उठाउन दिएको छैन। यससम्बन्धी समाचार यस गामघर डटकम अनलाइनले प्रकाशन गरेपछि पालिकाको नेतृत्वले शव प्राप्तिका लागि पहल थालेको हो।
प्रकाशित मिति: २०२४-०५-२० , समय : २०:५२:०३ , 11 months अगाडि