सप्तरीको महादेवामा राष्ट्रिय खोप कार्यक्रम आईपी भी अभियान सम्बन्धि अभिमुखिकरण गोष्ठी

मिति: २०२४-०५-२२ , समय : २१:१७:२६ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकाको कार्यालयमा राष्ट्रिय खोप कार्यक्रम आईपी भी अभियान २०८१ काे एक दिने अभिमुखिकरण गोष्ठी बुधवार सम्पन्न भएको छ ।
महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवको अध्यक्षतामा सम्पन्न गोष्ठीमा पालिका भित्रका विधालयहरुमा स्वास्थ्य क्षेत्रका फोकल पर्सन शिक्षक २६ जना सहभागी रहेको गापाका कर्मचारी विनय कुमार मण्डलले जानकारी दिनु भयो । उहाँका अनुसार एक दिने अभिमुखिकरण गोष्ठीमा स्वास्थ्य कार्यालय सप्तरीका राम गणेश ठाकुर , प्रमुख प्रशिक्षक र पालिकाका स्वास्थ्य शाखाका ललितकुमार यादव,योगेन्द्र सेठ प्रशिक्षक थिए ।
यसै विच पालीका शिक्षा शाखले बुधवार समुदायिक विद्यालयहरूको शिक्षामा सुधार ल्याउन २१ वटै बिद्यालयका प्रधानाध्यापकहरूको सहभागितामा बैठक भएको थियो।

प्रकाशित मिति: २०२४-०५-२२ , समय : २१:१७:२६ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित