मधेस प्रदेश : पोखरीमा डुबेर दुई जना बालकको मृत्युु
मिति: २०२४-०५-२५ , समय : २२:००:१५ , गामघर डेस्क
मिति: २०२४-०५-२५ , समय : २२:००:१५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको राजधानी जनकपुरधामको एक पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ । ज्यान जानेमा जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने जयनारायण महतोको ६ वर्षीय छोरा शिवनन्दन महतो र राकेश पासवानका ६ वर्षीय छोरा आदित्य पासवान रहेका छन् ।
शनिवार बिहान १० बजेतिर घर नजिकैको साहुजी पोखरीमा गर्मी छल्न नुहाउने क्रममा दुबै जना बालक डुबेका थिए । स्थनीयले देखेपछि सिकिस्त अवस्थामा उद्धार गरेर उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।
बिहान ११ बजे दुबैजना बालकलाई चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०५-२५ , समय : २२:००:१५ , 1 year अगाडि