सिरोहिया नागरिकता प्रकरण : कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा , जारी गर्ने र प्रतिलिपी दिने कर्मचारीलाई पक्राउ गर्ने तयारी
मिति: २०२४-०५-३० , समय : ११:४०:३८ , गामघर डेस्क
मिति: २०२४-०५-३० , समय : ११:४०:३८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रञ्जन अवाले सरकारी वकिल कार्यालय धनुषाको स्वीकृतिपछि सिरोहियालाई हाजिरी जमानतमा छोडिएको जानकारी दिनुभयो ।
स्वास्थ्य समस्याका कारण उपचारका लागि काठमाण्डौ पठाइएका सिरोहियालाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा बोलाएको बेला हाजिर हुने कागज गरेर जमानतमा छोडिएको उहाँले बताउनुभयो । सिरोहियालाई नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत धनुषाको आदेशमा गएको जेठ ८ गते प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
यता कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता जारी गर्ने र प्रतिलिपी दिने कर्मचारीलाई पनि प्रहरीले प्रकाउ गर्ने भएको छ । सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन दुई कर्मचारी पनि अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको हो ।
प्रहरीले जिल्ला अदालत धनुषाबाट वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पूर्जी लिएको छ ।
अनुसन्धानबाट ०३४ सालमा जिल्ला प्रशासन कार्यालयबाट बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत भएपनि सिरोहियाको वंशजको नागरिकता जारी गरिएको खुलेको छ ।
प्रकाशित मिति: २०२४-०५-३० , समय : ११:४०:३८ , 1 year अगाडि