काठमाण्डाैका लागि छुटेकाे बस सिन्धुलीमा दुर्घटना : पाँच जनाको मृत्युु , २४ जना घाइते

मिति: २०२३-०३-१२ , समय : १२:५५:५० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीकाे फिक्कल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाकाे मृत्युु भएको छ । भन्ने अन्य २४ जना घाइते भएका छन् ।

ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेकाे बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हाे । प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले दुर्घटनामा दुई जना महिला, दुई जना पुरुष र एक जना बालककाे ज्यान गएकाे जानकारी दिनुभयाे ।

घाइतेहरुलाई खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताउनु भएकाे छ ।

यता साे दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेकाे उहाँले बताउनु भयाे ।

प्रकाशित मिति: २०२३-०३-१२ , समय : १२:५५:५० , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित