सप्तरीको कोशी बाँधको पुलमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

मिति: २०२४-०६-०३ , समय : ११:०६:२२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको कोशी बाधकाे पुल स्थित सकरदहीमा ट्र्याक्टर पुलको खाल्टोमा पल्टिँदा चालकको मृत्यु भएको छ।
सप्तरीको हनुमाननगर कंङ्कालीनि नगरपालिका वडा नं २ स्थित दक्षिणबाट उत्तरतर्फ गइरहेको ट्रयाक्टर आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भिटटोल बस्ने जद्दु मण्डलका अन्दाजी २५ बर्षिय छोरा आनन्द मण्डल रहेको प्रहरीले जनाएको छ। मृतक मण्डलले आफ्नै स. ३ त ३३०५ नम्बरको ट्रयाक्टर चलाइरहेको थियो।
साे ट्रयाक्टर पल्टिदा इन्जन मुनि चालक दबिएर मृत अवस्थामा जेसीबी ल्याएर सबलाई निकालिएको थियो।
तत्काल घटनास्थलमा इलाका प्रहरी कार्यालय हनुमाननगरका टाेलिले शवलाई पोस्टमार्टमसका लागि राजबिराज स्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको तथा घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । यता मृतक मण्डल बिदेश जाने तयारीमा रहेको अवस्थामा अचानक ट्रयाक्टर दुर्घटनामा मृत्युु भएको परिवारजनले बताएका छन ।

प्रकाशित मिति: २०२४-०६-०३ , समय : ११:०६:२२ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित