मधेस प्रदेश : खाेला किनारमा मुरारीमाथि गोली प्रहार
मिति: २०२४-०६-१० , समय : २०:४२:५१ , गामघर डेस्क
मिति: २०२४-०६-१० , समय : २०:४२:५१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ ।
महोत्तरीकाे गौशाला नगरपालिका वडा न. ११ भरतपुरका ३० वर्षीय मुरारी भनिने विनय महतोमाथि मरहा खोलामा गोली प्रहार भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।
कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि जनकपुर ल्याइएको छ । आज साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा मराहा खोलामा दुईवटा मोटरसाइकलमा आएका हतियारधारीले लुटपिट गर्न गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यता उनले लगाएको सुनको ब्रासलेट र सिक्री लुटिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०६-१० , समय : २०:४२:५१ , 1 year अगाडि