मधेस प्रदेश : एक सातादेखि बेपत्ता रुवी यादवको आफ्नै श्रीमानद्वारा हत्या

मिति: २०२४-०६-१६ , समय : १६:००:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी बेपत्ता २८ वर्षीया रुवी यादवको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
जेठ २६ गतेदेखि बेपत्ता उनको शव मिथिला नगरपालिका ६ स्थिति सामुदायिक वनको खोल्सामा फेला परेको हो ।

गत बिहीबार पक्राउ परेका श्रीमान राजु यादवको बयानको आधारमा खोजबिन गर्दा शव शनिबार राति फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर सोन साहले जानकारी दिए । श्रीमा राजुले श्रीमतीको आफूले हत्या गरेको स्वीकारेका छन् ।

जेठ २६ गते बिहानै औरही बाबाको दर्शन गर्न भन्दै रुवीलाई लगेर हत्या गरेको पति राजुले बयान दिएका छन् ।

श्रीमतीलाई बेपत्ता गरेर हत्या गरेको आशंकामा उनलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

केही महिनाअघि वैदेशिक रोजगारबाट राजु फर्केपछि घरमा बिबाद हुने गरेको थियो । परस्त्रीसंग राजुको हिमचिम हुँदा बिबाद सुरु भएको थियो । रुवीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
यता रुवीका ६ वर्षीय एक छोरा छन् । उक्त घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०६-१६ , समय : १६:००:३७ , 11 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित