सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले डिपिआरको नाउँमा २५ लाख भन्द बढी अनियमितता गरेको खुलासा

मिति: २०२४-०६-१८ , समय : ०९:२८:११ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले आर्थिक वर्ष २०७९।०८०मा डिपिआरको नाउँमा २५ लाख भन्दा बढी झ्याम पारेकाे खुलासा भएको छ।
महालेखा परिक्षकको प्रतिवेदन अनुसार नगरपालिकाले डिपिआरको नाउँमा भुक्तानी गरे पनि कार्यको स्वीकृत पदाधिकारीबाट समेत नभएको जनाएका छन् । नगरपालिकाले नगर भित्रका विभिन्न योजनालाई देखाएर ६ वटा प्रालिलाई उक्त भुक्तामनी गरेको प्रतिवेदनमा जनाएका छन् । नगरपालिकाले २ करोड ६३ लाख २५ हजारको डिपिआर गर्नै अनुमानित रकम राखेको मध्ये २५ लाख ६३ हजार १ सय उनान्सय रुपैया भुक्तानी गरेको महालेखा प्रतिवेदनमा उल्लेख गरेका छन् ।
सार्वजनिक नियमावली २०६४ अनुसार सम्वन्धीत निकायमा जनशक्ति भए त्यसैबाट गराउनु पर्नै हुदा नगरपालिकाले गरेको विभिन्न डिपिआर आफ्नै जनशक्तिबाट गर्न सकिने देखिएको भए पनि नगराएको महालेखा प्रतिवेदनमा जनाएका छन् ।
यता नगरपालिकाले डिपिआरको नाउँमा सनराईज हाम प्रालिलाई १४ लाख ९४ हजार १ सय उनान्सय रुपैया, मल्हनिया पोखरी र स्कुलको लागि सप्तकोशी कन्सल्टेन्सी प्रालिलाई ४ लाख ९८ हजार ३ सय तिस , ईजी ईन्जिनियरिगंलाई विभिन्न योजनाको नाउँमा ४ लाख ९५ हजार ९ सय सन्ताउन्न, नगरपालिका वडा १ को विभिन्न योजना को लागि काजल ईन्जिनियरिगंलाई ४ लाख ५० हजार ४ सय चौदह, डिजाईन ईन्जिनियरिगं कन्सल्टेनसीलाई ४ लाख ९६ हजार ६ सय पैतिस र सेवा तथा परामर्श खर्च वापत ४ लाख ७२ हजार ३ सय ६४ रुपैया भुक्तानी गरेको महालेखा प्रतिवेदनमा जनाएका छन् ।

प्रकाशित मिति: २०२४-०६-१८ , समय : ०९:२८:११ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित